Sunday, December 2, 2007

गाविस सचिवहरुद्वारा देशभर प्रदशन

सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गाविस सचिव हरुले देशभर आन्दोलन गरेका छन् ।
गाविस सचिव भौतिक संरक्षण नेपालले पत्रकार सम्मेलनको आयोजना गरी आफुहरुको मागको संबोधन नभई कामकाज ठप्प पार्ने देखी सामुहिक राजिनामा दिने सम्मका कार्यक्रम घोषणा गरेको छ ।
शसस्त्र समुहबाट चन्दाको धम्कि सहितको पत्र आउने क्रम बढेको हत्या, अपहरण धम्कि दिने काम नरोकिएको अवस्थामा काम गर्ने वातावरण नभएको भन्दै तराईको धेरै जसो गाविस सचिवहरुले राजिनामा दिनुका साथै काम काज अवरुद्व पार्दै आएका छन् ।
केन्द्रका अध्क्षय भुवानी प्रसाद घिमीरेले विगतमा शानित् सुरक्षाको प्रत्याभुती दिने सहितको ९ बुँदे समझदारी कार्यान्वयन नभए २३ मंसिरबाट एक महिना सम्म प्रत्येक हप्ताका आईतवार स्थानिय निकायको काम काज ठप्प पार्ने , पुष २२ बाट ८ दिन कामकाज ठप्प पार्ने र त्यसपछि पनि माग पुरा नभए कामकाज ठप्प पार्ने देखि सामुहिक राजिनामा दिने चेतावनी दिनुभयो ।

No comments: