Monday, November 26, 2007
बैंक अफ काठमाडौंको २३ लाख बरामत अरु रकम अझै लापत्ता
कमलादीस्थित बैंक अफ काठमाडौंमा भएको लुटपाटमा गार्डको मिलेमतो देखिएको छ । प्रहरीका अनुसार गार्डहरु मुकुन्द कार्की र लालबहादुर तामाङकै सहयोगमा १० जनाको समूहमा आएकाले लुटपाट गरेका थिए । नाटकीय ढंगमा भएको लुटपाटमा गार्डहरुको सहयोगमा लुटेरा समूह बैंकभित्र छिर्न सफल भएका थिए । सुरक्षाकर्मीको उल्लेख्य उपस्थिति हुने क्षेत्रमा १५ मिनेटभित्र लुटेर फरार हुनुले सुरक्षाअवस्थामाथि प्रश्न उठेको छ । यद्यपि प्रहरीले घटनालगत्तै लुटेरामध्य अधिकांशलाई पक्राउ गरिसकेको छ । गजेन्द्र खड्का, मोहन घटानीको नाम पहिल्यै र्सार्वजनिक गरिएपनि अनुसन्धानको संवेदनशीलतालाई दृष्टिगत गरी अन्यको नाम र्सार्वजनिक गरिएको थिएन । १० मंसिरमा थप पांचलाई पक्राउ गरिएको खुलाइएको छ । प्रहरीले मध्यरात नहुदै लुटेरामध्य अधिकांश पक्राउ परेको स्रोतको भनाई छ । बैंकले दुइ करोडभन्दा बढी रकम लुटिएको दाबी गरेपनि प्रहरीले २३ लाख फेला पारेको छ । लुटेराहरुमध्ये अधिकांश पक्राउ परिसकेकाले थप रकम फेला पर्ने आशा गरिएको छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिइसकेको छ । लुटेराहरुबारे अन्तिम जानकारी आजै दिइने प्रहरीले जनाएको छ । अनुसन्धान अधिकृतहरु घटनाबारे थप अनुसन्धान गर्न सक्रिय छन् । अभियुक्तहरुलाई हनुमानढोकामा सोधपुछ गर्ने क्रम जारी रहेको त्यहां कार्यरत एक प्रहरी अधिकृतले बताए । घटनालगत्तै कडा जांच गरिएकाले लुटेराहरु फरार हुन भने पाएनन् । ९ मंसिरमा काठमाडौं उपत्यकाको सडकहरुमा सांझ एक्कासी सुरक्षाजांच गरिएको थियो ।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment