Tuesday, November 27, 2007

सदभावना आनन्दीदेवी बिद्रोही पक्षले अर्को लडाकु संगठन बनायो /

नेपाल सदभावना आनन्दीदेवी बिद्रोही पक्षका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले 'मधेश रक्षा बाहिनी' नामको लडाकु संगठन आफ्नो दलले बनाएको घोषणा गरेका छन् । मङ्सिर ११ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै महतोले मधेशका १७ जिल्लामा रक्षा बाहिनीका १७ सय सदस्य रहेको बताए । बाहिनीलाई नगरपालिका, गाविस र वडासम्म विस्तार गरिने योजना पनि महतोले सुनाए ।

No comments: