दलहरुबीच सहमतिको सुत्र नबनिसके पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको एमाले महासचिव माधवकुमार नेपालले बताएका छन् ।
एमाले सांसदहरुले पार्टीको स्वतन्त्र पहिचान कायम राख्नुपर्ने तथा माओवादीको उपयोगवादी नीतिसँग सतर्क रहनुपर्ने बताएका छन् । मङ्सिर १४ गते सिंहदरवारस्थित संसदीय दलको कार्यलयमा भएको दलको बैठकमा एमाले सांसदहरुले नेतृत्वका पछिल्ला निर्णयहररुले पार्टीको स्वतन्त्र पहिचान संकटमा पर्न सक्ने आशंका गर्दै त्यस्तो धारणा राखेका हुन् । उनीहरुले पार्टीका नेताहरुबीचको मतभेद सार्वजनिक भएकोमा तिब्र असन्तुष्टि पनि ब्यक्त गरेका थिए ।
एमाले महासचिव माधवकुमार नेपालले अन्तरिम संसदको बिशेष अधिवेशनमा माओवादीसँग मत साटासाट गर्ने निर्णयको पक्षमा तर्क राखेका थिए । दलहरुबीच सहमतिको सुत्र नबनिसकेको भए पनि सहमतिको सम्भावना पहिलेभन्दा केही बढेको नेपालको भनाइ थियो । सहमतिको प्रयास गर्दागर्दै लामो समय बित्ने तथा सहमति नबन्ने र चुनाव पनि नहुने सम्भावना रहेको पनि कार्यक्रममा नेपालले बताए । एमाले केन्द्रीय सदस्य तथा सांसद गोकर्ण बिष्टका अनुसार, संविधानसभा चुनाव यसै वर्ष गर्न पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गरेको तथा त्यसैमा पार्टी लागेको पनि कार्यक्रममा नेपालको भनाइ थियो ।
आजै नेपाली कांग्रेस, एमाले र माओवादीबीच हुनलागेको वार्ताका कारण सांसदहरुको गुनाशोबारे अर्को पटक जवाफ दिने भनेर महासचिव नेपालले बक्तब्य टुङ्ग्याएका थिए।
Friday, November 30, 2007
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment